फोहरलाई स्रोतमा वर्गिकरण गर्न अन्तरक्रिया

गुगलपाटी संवाददाता
४ असार २०७६ ०६:३७

हेटौंडा : फोहरलाई स्रोतमा नै वर्गिकरण गरी व्यवस्थापन गर्न जनचेतना अभिवृद्धि गराउने कार्यक्रम भएको छ । प्रदेश वन निर्देशानलय ३ नम्बर प्रदेशको आयोजनामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको वडा सदस्यहरु, फोहोर व्यवस्थापन सम्बन्धी सरोकार राख्ने संस्थाहरुका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


ग्रामिण सुधार मञ्च नेपालको सहकार्यमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका वन निर्देशक विद्या नाथ झा, उद्योग पर्यटन वन तथा वातावरण ३ नम्बर प्रदेशका उपसचिव निरञ्जन श्रेष्ठ, वन संरक्षण अधिकृत जीवन नाथ पौडेल लगायतको उपस्थिती रहेको थियो । अन्र्तक्रियात्मक कार्यक्रममा सहभागीहरुले फोहोर व्यवस्थापन गर्न स्थानीय स्तरबाटै जन सहभागिता हुनुपर्ने बताएका थिए । जनता सचेत नभएसम्म प्लाष्टि जन्य लगायत अन्य फोहोरहरु व्यवस्थापन गर्न नसक्ने बताएका हुन् । कार्यक्रम ग्रामिण सुधार मञ्च नेपालका अध्यक्ष जीवन मैनालीको अध्यक्षतामा भएको हो ।