गुठी खबरदारी सभा : जनआन्दोलनको झल्को
गुगलपाटी संवाददाताकाठमाडौँ : सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौंको माइतीघरमा विशाल खबरदारी सभा आयोजना भइरहेको छ । माइतीघरको खबरदारी सभामा भाग लिनका लागि काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला तथा गुठीयारहरु माइतीघरमा भेला भएका छन् । विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू भएको र्याली माइतीघर मण्डलातर्फ अघि बढ्दा सवारी आवागमनमा भने समस्या भएको छ। सडकमा प्रदर्शनकारीले गुठी विधेयक खारेजीको नारा लगाइराखेका छन्।
गुठियार तथा नेवा देय: दबुलगायतको आह्वानमा गुठी विधेयक खारेजी माग गर्दै प्रदर्शन गरिएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै मंगलबार विधेयक फिर्ता लिएकी थिइन्।
–अनलाईनहरुको सहयोगमा