पारीवारिक यात्रा भन्दै गाँजा तस्करी गर्दै
गुगलपाटी संवाददाता हटौंडापारीवारीक यात्रा भन्दै गाँजा तस्कर गर्ने तीनजनालाई जिल्ला प्रहरी कार्यलय मकवापुरले पाक्रउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा जिल्ला पटेरवा, सुगौली गाँउपालिका १ बस्ने वर्ष ३२ को साम महमद, भारत विहार बैसाली मोहनपुर चैदाबाद बस्ने वर्ष २४ को मनिष कुमार र भारत विहार जिल्ला नालन्दा मगई नोगवा उमेदनगर बस्ने वर्ष ४५ की अन्नु देवि पासवानलाई कार र ३७ किलो गाँजा सहित पक्राउ गरिएको हो ।
जीप्रका मकवानपुरको अनुसार मिति २०७६/३/४ गते करिब दुई बजेको समयमा पशुपतिनगर मकवानपुरबाट खटीएको प्र.नि अरुण कुमार कुसवाहा समेतको टोलीले हेटौंडा उपमाहनगरपालिका – ९ स्थित पुर्व पश्चिम लोक मार्गमा चेकजाँचको क्रममा हेटौंडाबाट पथलैँया जादैँ गरेको भारतीय कारलाई रोकी चेकजाँच गर्दा गाजाँ फेला परेपछि नियन्त्रणमा लिईएको हो । गाँजा तस्कर गर्नेहरुले विभिन्न बाहानामा गाँजा तस्कर गर्दै गरेको अवस्थामा चेक जाँच गर्दा जीप्रकाले नियन्त्रणमा लिन सफल भएको मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताए ।