स्थानीय जनप्रतिनिधिको नागरिक समाजसँग सहकार्य अभाव
गुगलपाटी संवाददाताहेटौंडा : मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिहरुले सहकार्य नगरेको एक कार्यक्रममा सहभागी नागरिक समाजका अगुवाहरुले बताएका छन् । नागरिक समाज तथा स्थानीय सरकार बीचको सहकार्यमा अवसर र चुनौती बिषयक अन्तरक्रियामा बोल्दै नागरिक समाजका प्रतिनिधिहरुले यस्तो बताएका हुन् ।
इन्सेक मकवानपुरको आयोजनामा पारस्परिक जवाफ देहिता परियोजना अन्तरगत भएको कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुखहरुले आफुलाई संधैको प्रतिनिधी सम्झेर व्यवहार गरेको नागरिक समाजको बुझाई रहेको छ । जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, प्रदेश ३ पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल लगायतले मन्तव्य व्यक्त गरेका थिए । इन्सेक मकवानपुरका प्रतिनिधि पुस्पराज अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।