कपडा व्यवसायीले प्रदेश सरकारलाई पनि बुझायो ज्ञापन पत्र

गुगलपाटी संवाददाता
५ असार २०७६ १६:२५

हेटौंडा : नेपाल कपडा सिलाई तथा व्यवसायी महासंघले सरकारले भर्खरै मात्रै ल्याएको बजेट प्रति आपत्ती जनाउँदै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
बजेटमा कपडा सिलाई तथा व्यवसायीले अनिवार्य रुपमा मुल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता गर्नुपर्ने व्यवस्था गरेको भन्दै आपत्ती जनाएको हो । नेपालको भौगोलिक अवस्था र व्यवसायीको अवस्था हेरेर थ्रेस होल्ड कायम गरेर मात्रै नीति तय गर्नु पर्ने भन्दै महासंघले ध्यानाकर्षण गराउन ३ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।