प्रशासनको स्वीकृति नलिई हेटौंडामा कक्षा संचालन गर्ने दुई जना प्रहरीको नियन्त्रणमा

गुगलपाटी संवाददाता हेटौंडा
६ असार २०७६ ०८:४४

हेटौंडामा स्वीकृतिपत्र बिनै भाषा शिक्षा संचालन गर्ने सान्सुई इन्स्टिच्युटका संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालयबाट बारम्बार सूचना जारिहुदा पनि अटेर गरी अनुमतिपत्र बिनै भाषा कक्षा गरेको भन्दै शुक्रबार बिहान सान्सुई इन्स्टिच्युटका संचालक सुमित्रा घलान र उमेश लामालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।

प्रहरीले इन्स्टिच्युटमा जापानिज भाषाकक्षा संचालन भईरहेकै अवस्थामा संचालकलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाईएको छ ।

हेटौंडामा अबैध रुपमा संचालित इन्स्टिच्युट तथा कन्सल्टेन्सीहरुले नियम विपरित विभिन्न कक्षाहरु संचालन गर्न नछोडेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले अन्तिम पटक असार ४ गते सूचना निकालेको थियो । त्यसपछि पनि अटेर गरि कक्षा संचालन गरेको थाहापाएपछी उनीहरुलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

प्रशासनद्वारा केहि अबैध सस्थाको अनुगमन पछी व्यवहारिकतालाई पनि मध्यनगर गर्नुपर्ने भन्दै गत जेठ १६ गते सर्वपक्षिय छलफल गरि ट्युसन र पूर्वतयारी कक्षा बाहेकका कुनैपनि कक्षा संचालन गर्न नपाइने निर्णय गरिएको थियो । तर प्रशासनको निर्यणलाई नै लत्याएर यहाँका इन्स्टिच्युट तथा कन्सल्टेन्सीले विभिन्न भाषा शिक्षा तथा भिसाकै कार्यहरु गरिरहेका छन्