मनहरीमा झाडापखालाको प्रकोप फैलियो, परीक्षणको लागि प्रयोगशाला पानी पठाइयो

गुगलपाटी संवाददाता मकवानपुर
६ असार २०७६ ०९:२८

मकवानपुरको मनहरीको दुई वटा वडामा झाडा पखलाको प्रकोप फैलिएको छ । गाउँपालिकाको ८ र ९ नम्बरको सिमपानी तथा ज्यामिरे क्षेत्रमा विगत एक हप्ता देखी झाडा पखालाको ताण्डब मच्च्एिको छ हो ।

९ नम्बरको वडामा एक हप्त अगाडी केही ब्यक्तिलाई सामान्य पखालाको समस्य देखिएको र त्यसको केही समय पछि ८ र ९ नम्बर वडामा क्रमिक रुपमा बिरामीको संख्यमा बृद्धि भए पछि प्रकोपको रुपमा फैलिएको हो । एउटै टोलको ब्यक्तिहरु क्रमिकरुपमा झाडा पखालाले सताइरहेको हुदा झाडा पखालाको प्रकोप नै भएको प्राथमिक स्वास्थ्य केन्द मनहरीका सिनियार अहेव शिवराम बाँनियाले बताए ।

सामान्य समयमा झाडा पखालाको बिरामीको शुन्य रहेको र हाल दैनिक रुपमा २५ जना भन्दा बढि बिरामीहरु उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरी आउने गरेको बताए । ती मध्ये दैनिक रुपमा ७ जना भन्दा बढि सिरियस बिरामी आउने गरेको र तिनीहरुलाई सिरिन्जबाट औषधि प्रयोग गर्नु गरिरहेको बताए ।

प्रकोपलाई नियन्त्रणमा लिनका लागि गाउँपालिकाले रोगको पहिचानको लागि पानीको नमुना संकलन गरि खाद्य प्रयोग शाला हेटौडमा नमुना पठाएका प्राथमिक स्वास्थ्य केन्द मनहरीका सिनियार अहेव शिवराम बाँनियाले जानकारी दिए ।

त्यसै गरि बिरामीको दिसाको नमुना संकलन गरि रोगको पहिचान गरिने सिनियार बानियाले जानकारी दिए । सुख्खा यामको समय भएकाले पानीको मुहान सुक्ने र जिवजन्तुहरु पानीको खोजिमा जाँदा जिवजन्तुबाट किटानु सरि भाडा वान्ता फैलिएको हुन सक्ने बानियाको भनाई छ । नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य केन्द्र विभिन्न किसिम औषधिहरु नि:शुल्क रुपमा वितरण गरिरेहो बताए ।