सेती नदीमा बगेर एक बालकको मृत्यु

गुगलपाटी संवाददाता डोटी
६ असार २०७६ ११:३४

स्थानीय सेती नदीमा बगेर शुक्रबार एक बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार शुक्रबार दिउँसो सेती नदीमा नुहाउन गएका बेला शिखर नगरपालिका(१०, बानीडुग्रीसैन बस्ने हरिष बलायरका ७ वर्षीय छोरा गोबिन्द बलायरको बगेर ज्यान गएकोे हो ।

स्थानीय सेवा एकेडेमी विद्यालयमा यूकेजीमा पढ्ने गोबिन्द स्कुल छुट्टी भएपछि नदीमा नुहाउने क्रममा बगेका र ३० मिटर तल नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गएको वैशाखदेखि अहिलेसम्म डोटीको सेती नदीमा बगेर ज्यान गुमाउनेहरुको संख्या बलायरसहित ४ जना पुगेको छ ।