५ सय १७ घरको पुननिर्माण “कोहि पनि नछुटुन परियोजना”बाट

गुगलपाटी संवाददाता
७ असार २०७६ ११:३७

हेटौंडा: बेलायत सरकारको आर्थिक सहयोगमा प्रयक्टिकल एक्सन र सिसिडिएन संस्थाले मकवानपुरमा भुकम्प पुननिर्माणको काममा योगदान पु¥याइरहेको छ । यी संस्थाहरुको संयुक्त परियोजनाको रुपमा “कोहि पनि नछुटुन परियोजना” अगाडी बढाएर ५ सय १७ घर पुननिर्माण गरिरहेको छ ।


दुई वर्षे परियोजनामा भुकम्पबाट क्षतिभएका अति विपन्न परिवार विपन्न परिवारहरुलाई परियोजना मार्फत पुननिर्माणको काम गरिरहेको परियोजनाका संयोजक तथा सिसिडिएन संस्थाका प्रतिनिधि महेन्द्र जर्गा मगरले जानकारी दिएका छन् । परियोजना सुरु भएको हाल ९ महिना भएको छ । ९ महिनामा मकवानपुरको थाहा नगरपालिका, कैलाश गाउँपालिकाको क्षेत्रमा भुकम्प पुन निर्माण हुँदैछ । ९ करोड लागतको परियोजना अन्तर्गत चालु आर्थिक वर्षमा ३ करोड ४७ लाख रुपैयाँ बराबर रकम खर्च भईसकेको छ । परियोजना मार्फत नै भुकम्प पुननिर्माणको सहजताको लागि पाँगो माटो, सिमेन्ट, बालुवाबाट ब्लग बनाउने मेसिन समेत दुई स्थानमा सहयोग भएको छ । कैलाश गाउँपालिका र थाहा नगरपालिकामा सहयोग भएको हो । यस्तै कैलाश गाउँपालिकाको भालटारमा ढुङ्गा काट्ने मेसिन पनि परियोजना मार्फत नै सहयोग भएको छ । सामुदायिक पुन निर्माण समितिलाई ४ लाख ९० हजार बराबरको ढुङ्गा काट्ने मेसिन सहयोग भएको हो ।
परियोजना अन्तर्गत भएको कामकको जिल्ला समन्वय समिति मकवानपुरले अनुगमन गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय मकवानपुरका इन्जिनियर रविन पाठक लगायतले अनुगमन गरेका थिए । अनुगमनको क्रममा थाहा नगरपालिका ३ फाँटबजारको एक घरमा पानी परेर डिपिसीको ढलानमा असर परेको भन्दै फेरी सुरुबाट काम गर्न स्थलगत निर्देशन पनि गरिएको थियो ।