राईडर्स क्लवको अध्यक्ष फेरी ताम्राकार

गुगलपाटी संवाददाता
७ असार २०७६ १३:२२

हेटौंडा ;  हेटौंडा राईडर्स क्लवको अध्यक्षमा फेरी पनि विकास ताम्राकार चुनिएका छन् । हेटौंडा भएको दोस्रो साधारणसभाबाट ताम्राकारको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
क्लबको उपाध्यक्षमा युद्धबहादुर थापा, सचिव दिनचन्द्र पौडेल, सहसचिव सागर श्रेष्ठ र कोषाध्यक्ष विरेन्द्र बज्राचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा ज्योति काफ्ले, दिपिका मोक्तान, अनुरोध राजभण्डारी, विपिन ताम्राकार, ओमप्रसाद फुयाँल र सुमित कुमार श्रेष्ठ रहेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष दिपेन्द्र चन्द ठकुरी, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दिपेन्द्र ढकाल, मकवानपुर जिल्ला साइकिलिङ संघका अध्यक्ष संगीत श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया