थाहामा साहित्य महोत्सव

गुगलपाटी संवाददाता
७ असार २०७६ १६:१३

हेटौंडाः थाहा दर्शनका अभियान्ता रुपचन्द्र विष्टको २० औं स्मृती दिवसमा थाहा नगरपालिकामा साहित्य महोत्सव भएको छ । थाहा नगरपालिकामा जन्मिएर जनमुखी राजनीति गरेका रुपचन्द्र विष्ट र उनका दर्शनलाई सम्झिदै साहित्यिक प्रस्तुति सहित महोत्सव गरिएको हो । जनमुखी सहकर्मी स्वनाम साथीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टको सभाध्यक्षता रहेको थियो । थाहा नगरपालिकाको विकासघरमा भएको कार्यक्रममा विभिन्न स्थानबाट आएका मुक्तक, कबिता, गजल, गद्य, पद्य लगायतका साहित्यिक विद्याहरु प्रस्तुत गरिएको थियो । थाहा नगरपालिकाको आयोजना तथा पालुङ साहित्य परिषदको व्यवस्थापनमा सञ्चालित कार्यक्रममा साहित्यिक प्रस्तुति दिनुहुने स्रस्ताहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको छ । साहित्यिक महोत्सवमा करिब ३० जना स्थानिय तथा राष्ट्रिय स्रस्ताहरुले समसामयिक विषय, रुपचन्द्र विष्ट र थाहाको विषयमा रचना प्रस्तुत गरेका थिए ।