२५ मिटर प्रकरण : मुआब्जा नदिई सडक विस्तार गरे प्रतिकार

गुगलपाटी संवाददाता हेटौंडा
८ असार २०७६ १०:०४

हेटौंडाको सडक विस्तारका लागि सडक विभागले यसअघि पनि पटक–पटक प्रयास गर्दै आएको छ । डिभिजन सडक कार्यालयले हेटौंडाको सडक २५ मिटर फराकिलो पार्नको लागि १५ दिने सूचना जारी गरेपछि हेटौंडामा यो चर्चाको विषय बनेको छ । १५ दिने सूचना जारी भएसँगै २५ मिटर फराकिलो पार्ने विषयमा मकवानपुरमा विभिन्न व्यक्ति तथा निकायहरुले फरक–फरक मत जाहेर गरेका छन् ।

 विगतलाई निरन्तरता दिँदै उनले उचित मुआब्जा बिना सडक विस्तार भए बिरोध गर्ने भन्दै सडक विभागको सो कदमबिरुद्ध अभिव्यक्ति दिएका हुन् ।

यता हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत भने सडक विस्तारको पक्षमा रहेका छन् । उनले सडक विभागको यस कदमलाई साथ
दिन आफू तयार रहेको अभिव्यक्ति दिएका हुन् ।

विगतदेखि नै हेटौंडाको सडक २५ मिटर फराकिलो पार्नुपर्छ भन्ने विषयको पक्षमा अभिव्यक्ति दिँदै आएका मेयर महतले यो पटक पनि आफुहरुको साथ रहेको स्पष्ट पारेका हुन् ।

यसअघि आफुहरुले २५ मिटर फराकिलो पार्ने विषयमा प्रधानमन्त्रीलाई समेत पत्र पठाएको स्मरण गर्दै मेयर महतले ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा २५ मिटरको विषय निकै महत्वको साथ उठ्नु स्वभाविक रहेको पनि बताए ।

सडक फराकिलो बनाउने पक्षमा आफू रहेको स्पष्ट पार्दै उनले हेटौंडा प्रदेश राजधानी भएपछि यहाँ सुविधाहरु थप हुनुपर्ने, फराकिलो सडक र नमूना सहर हुनुपर्ने धारणा राखे । मेयर महतले क्षतिपुर्ती र मुआब्जा नपाएकाहरुको हकमा राज्यले उचित क्षतिपुर्ती र मुआब्जा समेत दिनुपर्ने बताए ।