भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली कारबाहीमा

गुगलपाटी संवाददाता एजेन्सी
८ असार २०७६ १०:२०

 भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली कारबाहीमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले उनलाई गएराती भएको खेलमा आचारसंहिता तोडेको आरोपमा दोषी ठहर गरेको छ ।

अफगानिस्तान विरुद्धको उक्त खेलमा एलबीडब्लु अपिल गर्ने क्रममा कोहली आक्रामक भएका थिए । रोमाञ्चक भएको उक्त खेलमा अफगानिस्तानले भारतलाई हराउने सम्भावना देखिएको थियो । उनको उक्त व्यवहारलाई आईसीसीले ‘अत्याधिक अपिल’ भन्दै खेलबाट प्राप्त हुने पारिश्रामीकको २५ प्रतिशत जरिवाना गरेको छ ।

त्यो सँगै कोहलीको एक डिमेरिट अंक पनि पाएका छन् । उनको कुल २ डिमेरिक अंक पुगेको छ । यसअघि उनले सन् २०१८ को जनवरीमा दक्षिण अफ्रिका विरुद्धको टेष्टमा कारबाही पर्दा एक डिमेरिट अंक पाएका थिए । खेलाडीहरुले २४ महिनाको अवधिमा ४ वा धेरै डिमेरिट अंक पाएमा खेलमा प्रतिबन्ध लाग्ने आईसीसीको नियम रहेको छ ।

कोहलीले आफ्नो गल्ती स्वीकारेका कारण उनलाई गरिएको कारबाहीमा थप सुनुवाई गर्नु नपर्ने भएको छ । उक्त खेलमा अफगानिस्तान जितको नजिक पुगेपनी अन्तिम ओभरमा भारतीय बलर मोहम्मद शामीले ह्याट्रिक लिएपछि पराजित भएको थियो ।