अझै सुचारु हुन सकेन कान्तिलोकपथ
गुगलपाटी संवाददाता हेटौंडाहिजो (शनिबार) देखि पर्न थालेको पानीसँगै गएको पहिरोले गर्दा अबरुद्ध बैकल्पिक मार्ग कान्तिलोकपथ अझै सुचारु हुन सकेको छैन । पछिल्लो समय हेटौँडाबाट काठमाडौं जाने सवारीको चाप बढिरहेको कान्तिलोकपथ पूर्ण रुपमा बन्द भएको छ ।
कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरका विभिन्न स्थानमा पहिरो गएकाले आइतबार अपरान्हसम्म पनि सडक सुचारु हुन नसकेको हो ।
मकवानपुरको भीमफेदी–८ गगटे र कालिपहिरो तथा ललितपुरको भालु खोला भन्ने स्थानमा गएको पहिरो पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाले बताए । पहिरो र लेदो पन्छाएपछि मात्रै यातायात सुचारु हुने र सवारी संचालनका लागि प्रयास जारी रहेको जनाईएको छ ।