प्रदेश सभाको बैठकबाट एउटा विधेयक पारित, मन्त्रीजम्मकट्टेलको जवाफ

गुगलपाटी संवाददाता हेटौंडा
९ असार २०७६ १२:०५

३ नम्बर प्रदेश सभाको आजको बैठकबाट जलचर संरक्षणको व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मत पारित भएको छ । कृषि, भूमि व्यवस्था र सहकारी मन्त्री दावादोर्जे लामाले राखेको उक्त विधेयक आजको प्रदेशसभा बैठकमा पारित भएको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले ३ नम्बर प्रदेश सभाको वैठकमा प्रदेश भित्र घटेका समसमायिक विषयहरुमा उठेका प्रश्नको जवाफ दिएका थिए । विनियोजन विधेयक माथि भने छलफल भएको छैन । छलफल हुने मिति र समय प्रदेश सभाले छिटै तोक्ने सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् ।