हेटौंडा उपमहानगरको १ अर्ब ८१ करोड बजेट , कुन शिषर्कमा कति बजेट ?

गुगलपाटी संवाददाता हेटौंडा
१० असार २०७६ ०७:०१

३ नम्बर प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ८१ करोडको बजेट विनियोजन गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक बर्षका लागि एक अर्ब १ करोड १ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले प्रस्तुत गरेको बजेटमा आन्तरिक स्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश ३ सरकारको विभिन्न शिर्षकका सशर्त अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट आएको छ । त्यसैगरी संघिय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुने छ ।

उपमहानगरको बजेटमा आर्थिक विकास तर्फ ४ करोड ९५ लाख ५७ हजार रुपैयाँ रहेको छ , यस्तै समाजिक विकास तर्फ ५८ करोड ५५ लाख ४३ हजार रुपैयाँ बजेट छ भने पुर्वाधार विकास तर्फ ८६ करोड १२ लाख ५० हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ४ करोड ९९ लाख २० हजार रुपैयाँ छुट्याइएको छ । यस्तै संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ६ करोड ४५ लाख रुपैयाँ रकम छुट्याइएको उपप्रमुख लामाले प्रस्तुत गरेको बजेट बक्तव्यमा उल्लेख रहेको छ