अशोकको रुख र स्मारकले मुख्यमन्त्री बनेँ :- डोरमणि पौडेल
गुगलपाटी संवाददाता हेटौंडा३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफुले फरक काम गरेकै आधारमा अहिले पद पाएको बताएका छन् । सानो रकमले पनि ठुलो काम गर्न सक्ने उदरहण दिँदै उनले आफु अशोकको रुख शहिद स्मारकको कारणले मुख्यमन्त्री बनेको भन्दा फरक नपर्ने बताएका हुन् ।
स्मारकको लागि सुरुमा ९० हजार रुपैयाँ बजेट छुट्याएको र अशोकको विरुवाको लागि पनि थोरै रकम छुट्याएको भन्दै नमुना काम गर्न रकम मात्र नभई इच्छा शक्तीको आवश्यकता पर्ने बताए । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट वक्तव्यको प्रस्तुतीकरणमा प्रमुख अतिथि बनेका पौडेलले समानुपातिक विकास गर्नु पर्ने बताएका छन् ।