चन्द समूहका ७ जना पक्राउ, २० स्थानबाट शंकास्पद वस्तु फेला
गुगलपाटी संवाददाता काठमाडौँनेत्रविक्रम चन्द विप्लवण् समूहले आव्हान गरेको बन्दका क्रममा मंगलबार विभिन्न जिल्लाबाट ७ जना कार्यकर्ता पक्राउ परेका छन् भने २० स्थानबाट शंकास्पद वस्तु फेला परेको छ ।
काठमाडौं, कास्की, मकवानपुरबाट एक–एकजना र रुकुम पश्चिमबाट ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको सुकेधाराबाट बा २ ज ३८१७ नम्बरको ट्याक्सीमा चन्द समूहको प्रचार सामग्रीसहित भागीराज राईलाई पक्राउ गरिएको छ। २० ठाउमा शंकास्पद वस्तु फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
३ ठाउँमा ग्यास सिलिण्डर बम, २ स्थानमा सकेट, ४ ठाउँमा प्रेसरकुकर बम निष्क्रिय पारिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए।
यसैगरी अर्घाखाँचीमा सुतली, कैलालीमा टाइम बम र झापामा आरसीआइडी बम निष्क्रिय पारिएको प्रवक्ता पोखरेलले बताए।
बन्दका क्रममा चार जिल्लामा सामान्य तोडफोड समेत भएको प्रहरीले जनाएको छ।