मन्त्री मगरलाई कालो झण्डा, कांग्रेस र नेकपा कार्यकर्ताबिच झडप, कांग्रेसका ४ कार्यकर्ता घाईते
गुगलपाटी संवाददाता पुनर्वासनेकपाका कार्यकर्ता संग झडप हुँदा ४ जना कांग्रेस कार्यकर्ता घाईते भएका छन । पुनर्वास नगरपालिकाको नगर अधिबेशन उद्घाटनका लागि निर्वाचन क्षेत्र आउदै गेरेकी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रतिपक्षी दल नेपाली कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउँदा झडप भएको हो ।
धनगढीबाट निर्वाचन क्षेत्र आउदै गरेकी मन्त्री मगरलाई कालो झण्डा देखाउन पुनर्वास नगरपालिका १० डोकेबजार पुगेका नेपाली कांग्रेसका कार्यकर्ता र नेकपाका कार्यकर्ता बिच झडप भए पछि नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्याय , नेपाली कांग्रेस बेलौरी नगर सचिब बिक्रम चन्द, नेता हरेन्द्रसिह बिष्ट र कार्यकर्ता कृष्णबहादुर चन्द घाइते भएका छन् ।
घाईतेहरुलाई कैलालीको धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बिना मगरलाई कालो झण्डा देखाउने कार्यक्रम तय भए पछि झन्डै ३०० सुरक्षा कर्मी परिचालन गरिएको थियो ।