मकवानपुर गढीले ल्यायो ५० करोडको बजेट

गुगलपाटी संवाददाता हेटौंडा
१० असार २०७६ ०९:०६

मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि करिब ५० करोडको बजेट ल्याएको छ । गाउँपालिकाले मंगलबार चौथो गाउँ सभाबाट ४९ करोड ९० लाख ५८ हजारको अनुमानित आयव्याय बजेट प्रस्तुत गरेको हो ।

वडा ३ का अध्यक्ष भागवत घिमिरेले प्रस्तुत गरेका बजेटमा आय तर्फ संघिय सरकार वित्तिय समानिकरण अनुदान ९ करोड ४ लाख, प्रदेश वित्तिय समानिकरण अनुदान १ करोड १ लाख १ हजार, संघिय सरकार राजस्व बाँडफाँड ७ करोड ९० लाख, खानी खनिज तथा विद्युत रोयल्टी बाँडफाँडबाट १ करोड ८ लाख, ३२ हजार, प्रदेश सवारी साधन राजस्व बाँडफाँड १ करोड १७ लाख, २० हजार, ढुङ्गा,गिटी,बालुवा (नदिजन्य पदार्थ) राजस्व बाँडफाँड ४ करोड गरि जम्मा राजस्व बाँडफाँड तर्फ १४ करोड ७० लाख ५२ हजार रहेको छ ।

यस्तै मकवानपुर गढी गाउँपालिकाको आन्तरिक आय तर्फ २ करोड ३६ लाख १ हजार, संघीय सरकार सशर्त अनुदान तर्फ १७ करोड,१७ लाख, प्रदेश सरकार सशर्त अनुदान २१ लाख ७ हजार, संघीय सरकार समपुरक अनुदान २ करोड, प्रदेश सरकार समपुरक अनुदान २ करोड र हेटौंडा सिमेन्ट उद्योग सशर्त अनुदान ५० लाख गरि आर्थिक वर्ष २०७६÷०७७ को लागि आय ४९ करोड ९० लाख ५ हजार रहेको छ । व्यय तर्फ कुल बजेटको पुँजीगत २५ करोड ५६ लाख ७१ हजार र चालु तर्फ २४ करोड ३३ लाख ८७ हजार रहेको नीति तथा कार्यक्रमका उल्लेख रहेको छ