विप्लव समुहका ४ नेता कार्यर्तालाई पक्राउ

गुगलपाटी संवाददाता रुकुम पश्चिम
१० असार २०७६ ०९:५०

प्रहरीले नेत्रविक्रम चन्द विप्लव समुहका ४ जना नेता कार्यर्तालाई पक्राउ गरेको छ । मंगलबार बिहान त्रिवेणि गाउँपालिका-१, सिन्तुबाङबाट नेकपाका राप्ती ब्युरो सदस्य सहित ४ जना जिल्लास्तरीय नेता समातिएका हुन् ।

पक्राउ पर्नेम सिन्तुबाङबाट नेकपाका राप्ती ब्युरो सदस्य आठबीसकोट नगरपालिका – ११, गोइरी घर भएका ४१ वर्षीय गम्भीर सिर्पाली भनिने गोर्ख कामी, जिल्ला कमिटी सदस्य सानीभेरी गाउँपालिका-३, का ३१ वर्षीय दीर्घराज गहतराज, त्रिवेणी गाउँपालिका सेक्रेटरी सोही गाउँपालिका-१ निवासी छविलाल घर्ती र युवा संघका जिल्ला उपाध्यक्ष आठबीसकोट नगरपालिका-११, का २२ वर्षीय विवेक बिक रहेका छन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिइ गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।