लागु औषध दुरुपयोग बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न

गुगलपाटी संवाददाता हेटौंडा
१२ असार २०७६ ०९:३८

“ लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस ’’ को अवसारमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नंम्बर ९ को आयोजनामा सचेतना कार्यक्रम गरेको छ ।

लागु औषध दुरुपयोग तथा अबैध ओसारपसारको बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्षले गरेको थियो । जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको प्रमुख आतिथ्य भएको कार्यक्रममा सिंह लागुऔषध दुरुपयोग तथा ओसारपसार न्युनिकारण गर्नको लागि सुधार केन्द्रहरुले महत्वपुर्ण भुमिका खेलेको बताएका छन् ।

मकवानपुर जिल्ला अत्याधिक सडक संजालले जोडिएको स्थान भएकाले ओसारपोसार तथा सेवानकर्ता बृद्धि भइरहेको बताए । यसरी बृद्धि भईरहनु भनेको परिवार,समाज र राष्ट्र नै बिग्रनु भएको भन्दै प्रहरी कस्टडीमा रहेका मध्यमा ६० प्रतिशत थुनुवा लागूऔषध ओसार पसारमा संलग्न रहेको बताए । कार्यक्रममा प्रहरी संचारकर्मी, सशस्त्र प्रहरी, संघ संस्थाको प्रतिनिधि, महिला टोल संघको प्रतिनिधिहरू, स्थानिय जनप्रतिनिधिहरु समेतको उपस्थिती रहेको थियो ।