३ नम्बर प्रदेशको बजेट बहुमतले पारित
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडाः ३ नम्बर प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को बजेट बहुमतले पारित भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रस्ताव गरेका विनियोजन विधेयक र राजश्व र व्ययको अनुमानको प्रस्ताव बहुमतले पारित भएको हो ।
संसदमा नेकपाका सांसदहरुले बजेट पारित गर्ने र नेपाली कांग्रेस, नेमकिपा र साझा पार्टीले बजेट पारित नगर्ने पक्षमा हात उठाएका थिए ।
यस्तै ३ नम्बर प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक विधेयक माथिको छलफल सुरु भएको छ ।