राष्ट्र बैंकले एक साताभित्रै मर्जरको कमिटमेन्ट माग्यो
गुगलपाटी संवाददाता काठमाडौंबैंकहरुले आउने साताभित्रै मर्जरका लागि उपयुक्त पार्टनर छानेर राष्ट्र बैंकलाई बुझाउनुपर्ने भएको छ । बिहीबार गर्भनर चिरञ्जीवी नेपालले बैंकहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
आगामी वर्षको मौद्रिक नीतिका सम्बन्धमा छलफल गर्न भन्दै बिहीबार राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारीलाई डाकेका थिए । सोही कार्यक्रममा गर्भनर नेपालले यस्तो निर्देशन दिएका हुन् ।
आगामी मौद्रिक नीतिमा ठूला मर्जरको विषय समेटिने संकेत गर्दै त्यसअघि नै उपयुक्त पार्टनर खोजेर मर्जरका लागि तयार हुन राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकले हाल २८ वटा रहेका वाणिज्य बैंकको संख्या घटाएर आधामा झार्ने योजना बनाएको बैंक निकट स्रोतले बताएको छ । स्रोत : कान्तिपुरदैनिक