एसईईको नतिजा: ‘ए प्लस’ ल्याउनेको सङ्ख्या पोहोरभन्दा बढी

गुगलपाटी संवाददाता काठमाडौं
१२ असार २०७६ १२:०७

माध्यमिक शिक्षा परीक्षा एसईईमा यो वर्ष उच्च नतिजा ‘ए प्लस’ ल्याउनेको सङ्ख्या गत वर्षभन्दा बढेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

बिहीवार प्रकाशित नतिजा अनुसार कुल १७ हजार पाँच सय ८० जना विद्यार्थी ‘ए प्लस’ श्रेणीमा उत्तीर्ण भएका बताइएको छ। यो सङ्ख्या गत वर्षको भन्दा तीन हजारले बढी हो।

यो वर्ष पहिलो पटक सङ्घीय संरचनाअन्तर्गत एसईई भएको हो।

कुल परीक्षार्थी चार लाख ७५ हजार तीन जना रहेको कार्यालयले बताएको छ। त्यसमध्ये छात्राको सङ्ख्या छात्रहरूको सङ्ख्याभन्दा केही बढी छ।

कुन श्रेणीमा कति?

कार्यालयद्वारा सार्वजनिक तथ्याङ्क अनुसार उत्तीर्ण विद्यार्थी र तिनको श्रेणी विभाजन निम्म अनुसार रहेको छ:

  • ए प्लस (३.६ देखि ४ जीपीए): १७,५८०
  • ए (३.२ देखि ३.६ जीपीए): ५१,१३७
  • बी प्लस (२.८ देखि ३.२ जीपीए): ६३,७४१
  • बी (२.४ देखि २.८ जीपीए): ७६,५६४
  • सी प्लस (२ देखि २.४ जीपीए): ९८,२०७
  • सी (१.६ देखि २ जीपीए): ९५,३०७
  • डी प्लस (१.२ देखि १.६ जीपीए): ४३,८४१
  • डी (०.८ देखि १.२ जीपीए): ४,४२९

कसरी हेर्न सकिन्छ नतिजा?

एसईईको नतिजा विभिन्न वेबसाइट र मोबाइल सन्देश एसएमएसबाट हेर्न सकिन्छ।

शिक्षासम्बन्धी सरकारी निकायहरूका निम्न वेबसाइटहरूमा हेर्न सकिन्छ:

त्यसैगरी नेपाल टेलिकमले विगतमा झै आफ्नो वेबसाइटमा एसईईको नतिजा राख्ने बताएको छ।

नेपाल टेलिकमकै १६०० मा फोन गरेर दिइएको निर्देश अनुसारको आफ्नो नतिजा थाहा पाउन सकिन्छ।

एसएमएसबाट भने १६०० मा अङ्ग्रेजीमा एसईई र सिम्बोल नम्बर पठाएर नतिजा प्राप्त गर्न सकिन्छ। स्रोत : बिबिसि