राक्सिराङ गाउँपालिकाले चेपाङ विद्यार्थीलाई मासिक भत्ता दिने
गुगलपाटी संवाददाता
हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाले नीति कार्यक्रममा चेपाङ विद्यार्थीलाई मासिक ५ सय भत्ता दिने उल्लेख गरेको छ ।
गाउँपालिकामा रहेका ८ कक्षा माथिका बिद्यालय जाने चेपाङ्ग तथा दलित बालिकाहरुलाई मासिक ५ भत्ता नीति ल्याएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् ।
यस्तै गाउँपालिकाले ६० बर्ष माथिका जेष्ठ नागरिकका लागि “आमा बुवा बचाउ कार्यक्रम” नीतिमा उल्लेख गरेर ल्याएको छ । सबै वडाहरुमा हेलिप्याड बनाउने समेत उल्लेख गरेको छ । अल्पसङख्यक चेपाङ र आदिवासी जनजातीको बाहुल्य रहेको उक्त गाउँपालिकाले ४५ करोड ९ लाख ७६ हजारको बजेट ल्याएको छ । जसमध्ये पुँजीगत तर्फ १७ करोड ७८ लाख ३२ हजार र चालु, प्रशासनिक लक्षित एवं प्रवर्द्धनात्मक कार्यक्रम तर्फ २३ करोड ८९ लाख २९ हजार रहेको छ ।