सिलाई व्यवसायी महासङद्धारा अर्थमन्त्रीलाई ज्ञापन पत्र
गुगलपाटी संवाददाताकपडा तथा सिलाई व्यवसायी महासंघले अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । महासंघको देशै भरिका जिल्ला प्रशासन मार्फत र प्रदेश सरका अर्थ मन्त्री मार्फत संघिय अर्थ मन्त्री लाई यश अघि नै अनिवार्य भ्याट्को खारेज गरि ५० लाख थ्रेस होल्ड कायम गर्ने माग सहित उक्त ज्ञापन पत्र बुझाइएको थियो ।
महासंघका केन्द्रीय कर्य समिती लगायत विभिन्न जिल्लाका कपडा तथा सिलाई व्यवसायी सहित अन्य पदाधिकारीको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएका हुन् ।
साना तथा मझौला उद्यमी व्यवसायीहरुको व्यवसायिक भविष्य धराशायी भई व्यवसाय बाट नै विमुख भई पलायन हुनुपर्ने परिस्थितिलाई मध्यनजर गर्दै देशभरिका सम्पूर्ण व्यवसायीहरुको हितमा अनिवार्य भ्याट फिर्ता गरी ५० लाख थ्रेस होल्ड लागु हुनुपर्ने मूल मागसहित ज्ञापन पत्र बुझाइएको महासंघका केन्द्रीय कार्यालयले जनाएको छ ।