हेटौडामा ट्राफिक प्रहरी सम्मेलन, नियममा कडाई र दुर्घटना न्यूनिकरणमा जोड

गुगलपाटी संवाददाता हेटौंडा
१३ असार २०७६ ०४:५६

ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउने उदेस्यले आज हेटौंडामा र्याली निकालीएको छ । प्रदेश नम्बर ३ को ट्राफिक प्रहरी कार्यालय चितवनकोे आयोजानमा हेटौंडाको हुप्राचौरबाट निकालीएको ¥यालीले बजार परिक्रमा गरेको थियो । सडक सभ्यता अभिबृद्धी एवं सवारी दुर्घटना न्यूनिकरणमा समुदाय प्रहरी साझेदारी सम्बन्धी एक दिवसीय ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरुको समेलनका अवसरमा हेटौंडामा र्याली निकालीएको हो । हुप्राचौरमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बेलुन उडाएर कार्यक्रमको उद्घाटन् गर्नुभयो ।

ट्राफिक नियम कडाइका साथ लागू नहुँदा दुर्घटना पनि निकै बढेको उहाँले बताउनुभयो । दुर्घटनाबाट बच्न पनि ट्राफिक नियम पालना गर्न उहाँले सुझाब दिनुभयो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रदेश प्रहरी प्रमुख, राष्ट्रिय अनुसंधान, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।

हुप्राचौरबाट निकालीएको र्याली सितलमहल चोक, मेनरोड, सिमाचोक, बुद्धचोक, रापतीरोड हुँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गएर सभामा परिणत भएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी, ससस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी मेयर महतले प्रदेशको राजधानी भएसंगै हेटौडामा ट्राफिक जाम बडेको बताउनुभयो ।

कार्यक्रममा हेटौंडाका बिभिन्न बिद्यालयका विद्यार्थीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । यो कार्यक्रम दुईचरणमा गरेर मनाउने कार्यक्रम अनुसार पहिलो कार्यक्रम भने र्याली निकालीएको हो । दोस्रो चरणको कार्यक्रम भने क्लब हेटौंडामा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ ।