सर्लाहीमा फुड पोइजन भई एकजना महिलाको मृत्यु
गुगलपाटी संवाददाता सर्लाही१३ असार २०७६ ०६:०२
सर्लाहीमा फुड पोइजन भई एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लालबन्दी नगरपालिका वडा नं. १४ बस्ने ४५ वर्षीया ज्ञान कुमारी मोक्तान रहेकी छिन् । मृतक मोक्तानलाई फुड पोइजन भएपछि जनकपुर समर हस्पिटल, धनुषामा उपचारको क्रममा बिहिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।