वातावरणीय सचेतना कार्यक्रम तथा प्रस्तुती हेटौंडामा सम्पन्न

गुगलपाटी संवाददाता हेटौंडा
१३ असार २०७६ ०९:११

 हेटौंडामा बिहिबार राती वातावरणीय सचेतना सम्बन्धी सांस्कृतिक कार्यक्रम तथा प्रस्तुती सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालय,वातावरण विभागको आयोजनामा हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रम्मा अभियन्ता तथा कलाकार सहितकोटोलीले आम दर्शकहरुलाई वातबरण स्वच्छ राख्नुपर्छ प्रदुषण गर्नुहुदैन भन्ने शन्देश प्रबाह गरेको कार्यक्रम संयोजक नारद खतिवडाले बताए ।

कार्यक्रममा चर्चित गायक धिरज राई, रोज मोक्तानले आफ्नो जोडदार प्रस्तुती दिएका थिए । मोक्तानले कलकत्ते काइयो केश मेरो बाग्ङियो भन्दा हेटौंडेली बासीले कम्बर मर्काएका थिए । गायक राईले लुकी लुकी‘ भन्दै दर्शकलाई झुमाएका थिए । कार्यक्रममा गायक डिजराज पौडेल र रमेश श्रेष्ठले पनि आफनो प्रस्तुती दिएका थिए । हाँस्यव्यङग मार्फत वातावरण र सरसफाई बारे चोटिलो प्रस्तुती सुरेश थापा दर्शने र अनिता दंगाल मनमायाले गरेका थिए ।

हेटौंडामा रहेको कलिउड कला केन्द्रका कलाकारहरुले वातावरण सम्बन्धी गीतमा आफ्नो प्रस्तुती नृत्य मार्फत देखाएका थिए । कार्यक्रममा वातावरण विज्ञ उप प्रध्यापक योगेन्द्र यादवले वातावरण बारे जानकारी दिएका थिए । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरमा पनि कार्यक्रम हुने संयोजक खतिवडाले बताए । स्वच्छ वायु स्वस्थ जीवन भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रम प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण कुमार नेपालको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सांस्कृतिक संस्थान काठमाडौंको सहकार्य र विकल्प मिडिया प्रालिको संयोजनमा भएको थियो ।