मकवानपुरको बकैयामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

गुगलपाटी संवाददाता हेटौंडा
१३ असार २०७६ १३:०७

मकवानपुरको बकैया गाउँपालिकामा आजबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको छ । पालिकाको वडा नंबर ५ को राजदमार हुदैँ सुकौरा निस्कने गोडेटो बाटोमा एक विशेष कार्यक्रम गर्दै रोजगार कार्यक्रम सुरु गरिएको हो ।

पालिकाको वडा नंबर ५ को संयोजनमा बकैया गाँउपालिका रोजगार महाशाखाले गरेको कार्यक्रममा पालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशाशकिय अधिकृत लक्ष्मण पुडासैनी,रोजगार कार्यक्रम संयोजक रामचन्द्र खड्का, सु्चना प्रविधी अधिकृत सन्तोस पाण्डे,वडा अध्यक्ष शेरमान घलान लगायतको सहभागीता थियो ।

बकैया ५ र ६ जोड्ने सुकौरा–राजदमार सडक खण्ड विशेषत स्कुले बालबालिकाले विद्यालयमा विहान बेलुका पढ्न आवतजावत गर्न प्रयोग गर्छन । जङ्गलको भिरालो डाँडापाखा हुदैँ हिड्नुपर्ने सडकखण्डमा साइकल बाटो निर्माण गर्न रोजगार कार्यक्रममा आवद्ध ३ सय ७० जनाले काम गर्नेछन ।