चीन गर्भनरको निमन्त्रणामा प्रदेश–३ का मुख्यमन्त्री पौडेल लान्झाउ प्रस्थान गर्दै

गुगलपाटी संवाददाता हेटौँडा
१३ असार २०७६ १३:१९

 प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल मित्र राष्ट्र चीनको गान्सु प्रान्तका गर्भनरको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलकोे नेतृत्व गर्दै लान्झाउ शहरमा यही असार १८ गते प्रस्थान गर्दै हुनुहुन्छ ।

मुख्यमन्त्री पौडेल चीनको लान्झाउ शहरमा जुलाई ४ देखि ८ तारिखमा आयोजना हुने २५ औँ लान्झाउ लगानी तथा व्यापार सम्मेलनको उद्घाटन समारोहमा सम्मिलित हुनुहुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज जनाएको छ ।

उहाँका साथमा प्रदेशसभाका सदस्य राधा घले, जुनेली श्रेष्ठ र कञ्चन खनाल एवम् मुख्यमन्त्री कार्यालयका उच्च अधिकृतसहित सात जनाको प्रतिनिधिमण्डल जाने मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत देवीप्रसाद गौतमले बताउनुभयो । मुख्यमन्त्री पौडेलसहितको प्रतिनिधिमण्डल यही असार २३ गते साँझ स्वदेश फर्कने जनाइएको छ ।रासस