मुखियाबाट सुब्बा बन्दासम्म करोडौं भ्रष्टाचार
गुगलपाटी संवाददाता काठमाडौंउनी मालदार अड्डामा मात्र बसे । अध्यागमन बसेर करोडौं कमाए । जहाँ जान्थे मोटो रकम कमाएर मालदार अड्डामा सरुवा हुन्थे ।
मुखियाबाट सेवा प्रवेश गरेका ललितकुमार झाले नायब सुब्बा हुँदा सम्म करोडौं कमाइसकेका थिए । पछिल्लो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । त्यहाँ उनले मोटो रकम आर्जन गरे ।
मुखिया, खरदार र नायब सुब्बा हुँदासम्म काठमाडौंमा घर घडेरी जोडिसकेका थिए । उनको सम्पत्ति एक्कासी बढेपछि उजूरी पर्यो ।
अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा छानविन गर्दा झण्डै चार करोडको सम्पत्ति देखियो । त्यसमाथि छाविन गर्दा डेढ करोड रुपैयाँ अवैध देखियो । घर घडेरी, विभिन्न स्थानमा जगगा, शेयर खरिदको खोजी भयो ।
गहिरो छानविन पछि झाले गैरकानुनी आर्जन गरेको पुष्टि भयो । उनीमाथि अख्तियारले आरोपपत्र दायर गर्यो । उनीसहित पत्नी सुचिता झासमेतमाथि अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्रोत : रिर्पोटर्स नेपाल