सन्दर्भ बौद्ध जयन्तीःब्द्ध एक जीवन्त ब्यक्तित्व
गुगलपाटी संवाददाता मकवानपुर,१७ बैशाखआज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती । आजको दिन बुद्ध जन्मिएका थिए । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए ।
बुद्ध शव्दको अर्थ जागेको व्यक्ति भन्ने हुन्छ । बुद्ध पूर्ण रूपमा सांसारिक मोहको पीडावाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक एवं धर्मप्रवर्तक हुन् । यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवान्ले संसार सिर्जना गरेका भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मान्छेलाई सांसारिक मोह र तनाववाट व्युँझाउन सहयोग गरे । बुद्धको धर्म वैज्ञानिक धर्म हो ।
बुद्धको जन्म ईशापूर्व ५४३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको वगैँचामा भएको थियो । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी शाक्यवंशीय राजा शुद्धोधन तथा रानी मायादेवीका सुपुत्र हुन् । उनले जन्मनासाथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका थिए भन्ने किंवदन्ती पाइन्छ । जन्मनासाथ पोखरीमा स्नान गराइएका यिनले नुहाएको पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतमकी आमा मायादेवीले भने उनी जन्मेको ७ दिनमै संसार छाडेकी थिइन् । राजकुमार सिद्धार्थ गौतमको विवाह १६ वर्षको उमेरमा यशोधरासँग भएको थियो । सिद्धार्थ २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छोडेर ज्ञानको खोजीमा निस्केका हुन् ।
सिद्धार्थले रोगी, वृद्ध तथा मरेको मानिस देखेपछि संसारलाई दुःखमय जाने । त्यही दुःखमुक्तिको उपाय खोज्न उनले परिवार तथा राजसी सुखसयल त्याग गरे । उनलाई मानव जीवनमा आइपर्ने पीडा एवं दुःख निवारण गर्ने ज्ञानको खोजी थियो । वषौर्ंको तपस्यापछि उनी बुद्धत्व प्राप्त गर्न सफल भए । उनले प्राप्त गरेको दर्शन र ज्ञान नै बुद्धत्व हो ।
अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपाल सहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन् । संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ ।
बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो । यो ग्रन्थ भगवान बुद्धको महापरिनिर्वाण पश्चात उहाँका शिष्यहरूले उहाँका उपदेशहरुलाई सूत्रबद्ध गर्ने क्रममा निर्माण भएको ग्रन्थ हो । यस ग्रन्थमा उपदेशहरूलाई सूत्र (पालिभाषामा सुत्त०को रूपमा राखिएका छन् । सूत्रहरूको संकलनलाई वर्ग (पालिमा वग्ग० र कुनै वग्गहरूलाई निकायमा (सुत्तपिटकमा० वा निकाय जस्तै प्रकारका खण्डहरूमा संगृहीत गरिएका छन् । यी निकायहरूलाई संकलन गरी तीन पिटक (शाब्दिक अर्थमा टोकरी वा डोको० बनाइएका छन् । यी तीन पिटकको संग्रहलाई त्रिपिटक भनिन्छ ।
बुद्धका सबै शिक्षा र उपदेशहरूको संग्रह हो त्रिपिटक । त्रिपिटकमा वुद्धका ३२ भौतिक गुणहरूको सविस्तार वर्णन छ । त्यहाँ वुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञानसूत्र संगृहीत छन् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतित्य(समुत्पाद हो । प्रतीत्य समुत्पादको सिद्धान्त भन्दछ( कुनै पनि घटना केवल दोस्रो घटनाहरूका कारण नैं एक जटिल कारण(परिणामका जालमा विद्यमान हुन्छ । प्राणीहरूको लागि, यसको अर्थ छ( कर्म र विपाक ९कर्मका परिणाम०का अनुसार संसारको चक्र छैन । किनभने सबै केही अनित्य र अनात्म ९विना आत्माको० हुन्छ, कुनै पनि कुरा सच्चाइमा विद्यमान छैन । हरेक घटना मूलतः शून्य हुन्छन् । परन्तु मानिसमा ज्ञानको शक्ति छ, उनीहरूले तृष्णालाई दुःखको कारण भन्ने जानी त्यसलाई त्यागेर, तृष्णामा नष्ट भएको शक्तिलाई ज्ञान र ध्यानमा बदलेर, निर्वाण पाउन सक्छन् । यसरी अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ ।
गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्दछन् । गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ ।
पंचशीलकोृ सिद्धान्त
बौद्ध धर्ममा पञ्चशीलको ज्यादै ठूलो महत्व छ । यो बुद्ध धर्मको आधारभूत पाँच शीलहरुको संग्रह हो । पञ्चशीललाई बुद्ध धर्ममा प्रवेश गर्ने मूलद्वार मानिन्छ । यस अनुसार बुद्धको मार्गमा हिंड्नका लागि प्राणीहिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा कसैले नदिएको नलिने, झुठो कुरा नबोल्ने र आफ्नो पतिपत्नी बाहेक अरूसँग नलाग्ने ९भिक्षुहरूले चाहिँ कोहीसंग पनि व्यभिचार नगर्ने० प्रण गरिन्छ । पञ्चशीलको चाखलाग्दो र अनौठो कुरा के छ भने यस पाठमा कुनै पनि ठाउँमा आफ्नो पुरानो धर्म त्याग्ने वा अरू धर्म छोड्ने विधि लेखिएको छैन । यी नियमहरू पालना नगरेमा ईश्वर वा कुनै भौतिक शक्तिद्वारा दण्डित हुनुपर्ने वा नर्कमा जाने पनि उल्लेख गरिएको छैन । धर्म पालना नितान्त व्यक्तिगत रूपमा छोडिएको छ ।
गौतम बुद्धको अन्त्यपछि, बौद्ध धर्मका थुप्रै सम्प्रदाय खडा भइसकेका छन्, तर यी सबैका केही सिद्धान्त मिल्छन् ।