जेष्ठ नागरिकलाई सम्मान

गुगलपाटी संवाददाता हेटौंडा
१६ असार २०७६ ०९:००

भिमफेदी गाँउपालिकाको वडा नं ६ मा जेष्ठ नागरिक सम्मान तथा बृद्द भत्ता बितरण कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ । भिमफेदी गाँउपालिकाको आ.ब २०७५र०७६ को बिनियोजिट बजेट अनुसार हिजो मिती २०७६/३/१५ गते धान दिवसको दिन कार्यक्रम सम्पन्न भएको हो ।

भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्बती रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उनले गाउँपालिकामा रहनु भएको सम्पुर्ण जेष्ठ नागरिकहरुको हितको लागी कार्य गर्ने र सोही अनुरुप नीति तथा कार्यक्रममा समाबेस गरि बजेट बिनियोजन गरिने बताईन ।

सम्पुर्ण जेष्ठ नागरिकहरु को परिचय पत्र तयार गरि बितरण गर्न सुरु गरिएको र स्वास्थ्य बिमा गराउने र ६० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुका लागि यस बर्ष बाट घर घरमा स्वास्थ्य जाँच गर्न स्वास्थ्य कर्मी पठाउने र सबै बाआमाहरुलाई स्वस्थ्य र सम्मान पुर्बक जिउने आधारसिला तयार गरेर अगाडि बढ्ने, बुहारीलाई सम्मान कार्यक्रम गरेर सासू ससुरा बा आमा हरुलाई जे आफु संग छ सोही अनुरुप ईज्जत साथ पालन पोषण गर्ने वातावरण तय गर्ने बताईन ।

महिनाको १ सय बाट सुरु भएको बृद्द भत्ता आज दिनको १ सय पुगेको र आगामी २ बर्ष भित्र ५ हजार पुग्ने आस्वासन दिदै आफुलाई मत दियर यो स्थान प्राप्त गर्ने अधिकार दिनु हुने सम्पुर्ण तपाईं अभिभावक को शिर उचो हुने गरि कार्य गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिन ।

उपाध्यक्ष रानाले यसो भनेर बिदा भई रहंदा अधिकांस जेष्ठ नागरिकहरुले अखाँ बाट आँसु खसाए र आर्शिबाद र धन्यबाद दिए संगै उपाध्यक्ष रानाले पनि आँखा रसिलो बनाउदै तपाईंहरुलाई ईज्जत अनुसार खान लाउन नदिए हामीलाई भन्नुहोस हामी छौं चिन्ता नलिनोस तपाईंको छोरा बुहारीलाई हामी सम्झाउने छौं ।

कार्यक्रम वडा नं ६ का वडाअध्यक्ष श्री सिताराम थापाको सभाध्यक्षता रहेको थियो भने प्रमुख प्रसासकिय अधिकृत जीवन कुवर, कार्यपालिकाका सदस्य मंगला देबी श्रेष्ठ, सदस्य सनत घिसिङ्, सदस्य रेसम बहादुर पुलामी लगाएत कार्यलय सहायक प्रबिण थापा मगरको समेत उपस्थिती रहेको थियो।