नेकपामा प्रवेश गर्दै पूर्वमन्त्रीसहितका नेताहरु
गुगलपाटी संवाददाता काठमाडौंनयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गर्ने भएका छन् । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका नेताहरु नेकपामा प्रवेश गर्न लागेका हुन् ।
पूर्वमन्त्री कल्पना धमला सहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता गरी २० जना नेकपामा प्रवेश गर्ने भएका हुन् ।
स्रोतका अनुसार बिहीबार धुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा औपचारिक कार्यक्रम गरेर यी नेताहरुलाई पार्टी प्रवेश गराउने तयारी भएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डनै उपस्थित भएर पार्टी प्रवेश गराउने गरी छलफल भएको प्रवेश गर्ने मध्यका एक नेताले जानकारी दिए ।