मुद्दा मिलाउने भन्दै घुस लिने अदालतका २ कर्मचारीसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
गुगलपाटी संवाददाता काठमाडौंअख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस लिने उच्च अदालत तुलसीपुरका नायव सुब्बा, कार्यालय सहयोगी र अर्का एकजनाई भ्रष्टाचार मुद्दा दायर भएको छ।
विशेष अदालतमा दायर भएको मुद्दामा टाइपिस्ट पदमा कार्यरत रहेका नासु कृष्णकुमार पाठकका बाबुछोरालाई नै भ्रष्टाचारको आरोप लगाइएको छ।
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायब सुब्बा पाठकले कार्यालय सहयोगी गयादिन गडरियासँग मिलेर अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग ३ लाख १० हजार रुपैयाँ अलग(अलग समयमा घुस लिएको आरोप लागेको थियो।
आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। उनीहरुलाई बिगोबमोजिम कैद र जरिवाना गर्न अख्तियारले माग गरेको छ।