ओझेलमा परेको महत्वपुर्ण योजनाहरु
नरेश लाल श्रेष्ठ हेटौंडाहेटौंडा उपमहानगरपालिकाले २०७६/२०७७ को लागि प्रस्तावित योजनाहरु सकारात्मक रहेतापनि केही महत्वपुर्ण अधुरा योजना र वातावरणसँग सम्बन्धित अति नै महत्वपुर्ण योजनातर्फ ध्यानदिन छुटेको देखिनआउँछ ।
भ्यूटावर, साईकिलिङ ट्रयाक र पर्यटन प्रवर्धन सम्वन्धी योजनाहरु स्वागत योग्य रहेको छ । नगरमा बढृदो साईकलको सवारीलाई मध्यनगर गरि ल्याएको साईकल सम्बन्धीअवधारणाले साईकल प्रेमीहरुमा नया ँउत्साह थपेको छ । तर कला, साहित्यतर्फ उपमहानगरपालिका ले त्यस तर्फ ध्यान पुर्याउन नसकेको पनि सत्य हो ।
भौतिक विकासलाई मात्र विकास हो भन्ने मान्यताले ग्रस्त नगरपालिकाले बौद्धिक विकास तर्फ खासै पाईला चालेको देखिदैन । कला र साहित्यले भविष्ण्मा यस ठाउँको ईतिहास, रहन सहज, भाषा, कला , साहित्य, संस्कृतिबारे महत्वपुर्ण जानकारीहरु गराउदछ ।
कुनै पनि ठाउँमा रहेको त्यस क्षेत्रको भाषा, साहित्य र कलाको विकासले त्यस ठाउँको विकासमा महत्ववारे जानकारी गराउद छ । कला, साहित्य, कलाकारिताको प्रबर्धन तर्फ खासै महत्व दिएको देखिदैन यसको ज्वलन्त उदाहरण निमार्ण भैसकेको र केही कामहरु गर्न बाँकी रहेको बासुदेव सभा गृह यथासक्दो निमार्ण गर्नु पर्ने देखिन्छ ।
कुनै पनि सभा, साहित्य कार्यक्रम वा रंगमञ्च सम्बन्धि कार्यक्रम गर्नु पर्यो भने रिसोर्ट वा ठुला होटलहरु धाउनु पर्ने देखिन्छ । स्मार्ट सिटीको अवधारणा अनुरुप एउटा सभाहलहुनु अतिआवश्यक छ र हेटौंडामा सवै पुर्वाधारहरु मध्ये एउटा सभाहलनहुनु हेटौंडाको दुर्भाग्यपनिहो । हेटौंडा सफा हरभरा सहर भनेर चिनिन्छ र यो हो पनि तर बाहिरी रुपमा सफा र सुन्दर भएतापनि भित्री रुपमा यो कुरुप नै छ ।
कुरुप यस अर्थमा छ की हेटौडाको ढल निकास व्यवस्थित छैन । निर्माण भएको अव्यवस्थित ढलको कारण ढलको पानी वाटोमा नै वग्ने गरेको यत्रतत्र देखिन्छ । यो प्राविधिक त्रुटीलाई कसरी समाधानगर्ने भन्ने तर्फ ध्यान पु¥याउनु पर्ने अतिआवश्यक देखिन्छ । वुुढापाका को भनाई नै छ वाहिरी सुन्दरताभन्दाभित्री सुन्दरता सर्वोत्तम हुन्छ त्यसैले यस तर्फ विशेष ध्यानदिनको लागि अनुरोध गर्न चाहन्छु यसका साथै ढललाई व्यवस्थितनिकासातर्फ पनिध्याननदिएको भने अवश्यहो ।
यात यस वारे कसैले चासो नै नदिएको हुन सक्छ या त नजर अन्दाज (हेला) गरेको हुन सक्छ । हेटौंडा वजार मेनरोडवाट पुर्व तर्फ रहेको ढलको निकास कान्तिरोक पथहुँदै सानो पोखराको कुलोमागएर निकासादिएको देखिन्छ तर त्यस कुलोलाई कर्रा खोला सम्म कसरी पुयाउने भन्ने तर्फ चासो देखाएको देखिदैन।
वनस्खण्डी वाट कर्रा खोला सम्मको सो कुलोलाई व्यवस्थिनगर्ने हो भने वढ्दो जनघनत्वको कारणले गर्दा फोहोर पानी र फोहरको व्यवस्थापनगर्न कठिन हुने र पछि महानगरको जस्तै यहाँपनि ढल निकासाको समस्या देखिन आउनु दुईमत छैन ।
वनस्खण्डी देखि कर्रा होला सम्मको कुलो नापीनक्साअनुसार कायम राख्ने हो र यसलई व्यवस्थितवनाउने हो भने उक्तकुलोको दुवै तर्फ वाँधवाधेर पैदलयात्रीको लागि बिहान बिहान मर्निङ वाकगर्ने कोरिडोर निर्माण गर्न सकिने र यसलाई अझ व्यवस्थित गर्ने हो भने पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने संभावन रहेको छ ।
तसर्थ यस सम्बन्धी सम्बन्धित निकाय,प्रदेश सरकार र उपमहानगपालिका र सम्बन्धित वडाहरुले समन्वय गरी कार्य गर्नु पर्ने कुरालाई ध्यानाकषर्ण गराउन चाहन्छ ।