श्रीमद भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ आजबाट शुरु….
गुगलपाटी संवाददाता हेटौंडाआज बाट शुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञ बिहान कलस यात्रा बाट सुरुवात गरि औपचारिक कार्यक्रमको प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले पनस्मा दिप प्रज्वलन गरि समुद्घाट्न गर्नु भएको थियो ।
महायज्ञमा १८ पुराणका सरस प्रबक्ता बालब्यास श्री नारायण न्यौपानेको मुखारबिन्दु बाट कृष्णचरणामृत कथा बाचन हुनेछ । श्री मत्स्यनारायण माबी मा प्राबिधिक शिक्षा सन्चालन को लागि र थाहानगरपालिका वडा नं २ सोल्टुमा रहेको पाथी भरा मन्दिर लाई धार्मिक पर्यटकिय स्थल को रुपमा बिकाश गर्न महायज्ञको आयोजना गरिएको हो ।
कार्यक्रम मत्स्यनारायण मा बि व्यवस्थापन समिती को अध्यक्ष नवराज बिष्ट को सभाध्यक्षतामा प्रमुख अतिथी प्रतिनिधि शभा सदस्य बिरोध खतिवडा, विशेष अतिथी थाहानगरपालिका उप प्रमुख खड्ग गोपाली, विभिन्न संघसस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सामाज सेवि लगाएतको उपस्थिती रहेको थियो थाहानगरपालिका २ सोल्टु श्री मत्स्य नारायण माबिको प्राङ्गणमा आज भएको कार्यक्रम मा श्री मत्स्य नारायण माध्यामिक बिधालयका ब्यबस्थापन समितिका अध्यक्ष तथा सप्ताह मुल आयोजक समिती संयोजक नबराज बिस्ट प्रतिनिधि शभा सदस्य बिरोध खतिवडा,, थाहा नगरपालिका वडा नं २ का अध्यक्ष गुप्त बहादुर कार्की,, थाहानगर उधोग बाणिज्य महासङ्घका अध्यक्ष कबिराज खत्री, लागाएत ले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
मन्तव्य को क्रममा प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले प्राबिधिक शिक्षा मार्फत देशमा सक्षम जनशक्ति उत्पादन गर्ने र गाउँ गाउँ नगरमा युबालाइ रोजगार प्रदान गर्ने प्राबिधिक शिक्षा हरेक बिधालयमा पढाउनु पर्नेमा जोड दिनुभयो साथै धार्मिक पर्यटन क्षेत्र बनाउनका लागि केन्द्रिय तह बाट सक्दो सहयोग प्रतिबद्धता जनाउनु भयो। त्यसैगरी मत्स्यनारायण माबी प्रधानाध्यापक तथा महायज्ञका माहासचिब ले पुण्यको क्षेत्र भएकोले यथासक्य सहयोग गर्न सम्पुर्णलाई आग्रह गर्नुभयो