वडा अध्यक्षद्वारा गाउँपालिकाबासीको स्वास्थ्य विमा
गुगलपाटी संवाददातामकवानपुरको मनहरी गाउँपालिका ७ नम्बर वडा अध्यक्षले गाउँपालिकाबासीको स्वास्थ्य विमा गरिदिने भएका छन् । ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङले गाउँपालिकाका ९ वटै वडाका विपन्न परिवारको स्वास्थ्य विमा गरिदिने भएका हुन् ।
वडा अध्यक्षको तलब सुविधाबाट प्राप्त रकमबाट प्रत्येक वडाको २०/२० जनाको स्वास्थ्य वीमा गर्ने अभियान उनले बताए ।
उनले बिहीबारबाट मनहरी गाउँपालिकाको २ नम्बर वडाबाट स्वास्थ्य विमाको काम शुरु गरेका छन् । साविकको हाँडीखोला गाविस रहेको मनहरी गाउँपालिका वडा नम्बर २ बाट अभियान शुरु गरिएको र गाउँपालिकाका कम्तिमा १ सय ८० जनाको स्वास्थ्य विमा गर्ने उनको बताए ।
आर्थिक विपन्नताकै कारण स्वास्थ्य सेवाबाट बन्चित हुनुपर्ने अवस्था नआओस् भनेर आफुले यस्तो कार्य अघि बढाएको उनको भनाई छ । अभियानले स्वास्थ्य विमा योजना ग्रामिण भेगका जनतासम्म पुग्ने उनको विश्वास छ ।
तितुङले बिहीबार २ नम्बर वडाको ४ घर परिवारको वीमा गरिदिएको कांग्रेस नेता प्रेम गोङ्बाले जानकारी दिए ।