सिङ्गापुरलाई नेपालको ३२७ रनको विशाल लक्ष्य
गुगलपाटी संवाददाता काठमाडमलेसियामा जारी एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई जितका लागि ३२७ रनको विशाल लक्ष्य दिएको छ ।
क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै चार विकेटको क्षतिमा ३२६ रनको योगफल बनायो । नेपालका लागि रित गौतमले सर्वाधिक ११५ रनको योगदान दिए । १३७ बल खेलेका उनले एक छक्का र १० चौका प्रहार गर्दै अविजित ११५ रन जोडेका हुन । त्यसैगरी खड्क बोहोराले ९० रनको योगदान दिँदा कुशल मल्लले अविजित ५१ तथा पवन सर्राफले ४५ रन जोडे ।
बलिङतर्फ सिङ्गापुरका प्रणव सुदर्शन राजेश कृष्णन र भिनित चितेस मेहेताले समान दुईरदुई विकेट लिए । यसअघि भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । सिङ्गापुर अहिले जवाफी व्याटिङमा उत्रेको छ ।