हेटौँडाको नारायणी मलमा सुविधा सम्पन्न मेकअप स्टुडियो सञ्चालनमा

गुगलपाटी संवाददाता हेटौंडा
२० असार २०७६ ०८:२५

हेटौंडामा सुविधा सम्पन्न सम्पन्न सपना मेकअफ स्टुडियो एण्ड स्यालोन सञ्चालनमा आएको छ ।
हेटौंडा ४ को नारायणी मलमा अवस्थित सुविधा सम्पन्न सपना मेकअफ स्टुडियो एण्ड स्यालोन सञ्चालनमा आएको हो । उक्त सपना मेकअपको शुक्रबार एक कार्यक्रमको बिच नेपाली चलचित्रकी नायिका ऋचा शर्माले उद्घाटन गरेकी छिन्, ।

हेटौंडाको नारायणी मलको दोस्रो तल्लामा सञ्चालनमा आएको मेकअफ स्टुडियोमा जेन्स, लेडिज बालबच्चा सबैको मेकअफ, हेयर कटिङ, हेयर कलरिङ, बेहुली श्रृङ्गार सेवाहरु प्रदान गरिने सञ्चालक सपना श्रेष्ठ लामिछानेले बताईन्, ।

हेटौंडामा नै पहिलो एकै ठाउँमा सबै वर्गका मानिसलाइ हुने गरी मेकअप का सामान,हेयर कटिङ्ग लगायतका सेवा दिने उद्देश्यले मेकअप स्टुडियोको शुभारम्भ गरिएको संचालक लामिछानेले बताइन।

तालिम प्राप्त प्रोफेसनल ४ जना जनशक्तले सेवा दिइने सञ्चालन लामिछानेले बताईन्, । चर्चित नील डेभिडबाट तालिम लिएका मेकअफ म्यानबाट सेवा दिने समेत बताईन्, । स्टुडियोमा प्रशिक्षण तालिमको पनि सेवा लिन सकिने बताइएको छ।