सिंगापुरलाई २१७ रनले हराउदैँ नेपाल सेमिफाईनलमा
गुगलपाटी संवाददाता काठमाडौँमलेसियामा जारी एसीसी यू–१९ इस्टर्न क्रिकेट प्रतियोगितामा नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरलाई २ सय १७ रनले हरायो। दुई खेलमध्ये एउटामा जित हात पारेको सिंगापुर पनि उपविजेता बनेर अन्तिम चार पुग्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर चार विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो। नेपालका रित गौतमले शतक बनाए । यस्तै खड्ग बोहोराले ९०, कुशल मल्लले ५१ र पवन सरार्फले ४५ रन जोडे।
विशाल लक्ष्य पछ्याएको सिंगापुर ३९.२ ओभरमा १ सय ९ रनमा अलआउट भयो।
सिंगापुरका लागि हरी कुकरेजाले सर्वाधिक ३० रन बनाए। यस्तै कन्नुस्वामी सतिशले २४ र चन्द्रमाउली श्रीदेबले २३ रन जोडेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कुशल मल्लले ४ विकेट लिए। यस्तै तिलकराज भण्डारीले दुई तथा रसिद खानले १ विकेट हात पारे। नेपालले पहिलो खेलमा चिनलाई हराएको थियो।