अब मकवानपुरको सुरक्षाको जिम्मा श्रेष्ठलाई
गुगलपाटी संवाददाता मकवानपुर,१७ बैशाखमकवानपुरका तत्कालिन प्रहरी उपरीक्षक बिकासराज खनाल सुनकाण्डमा परेपछि प्रहरी प्रधान कार्यालयले लोकेन्द्र श्रेष्ठलाई पठाउने भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा प्रहरी प्रधान कार्यालयले श्रेष्ठ सहित केही प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । अन्य चार जिल्लाका प्रहरी उपरीक्षक को सरुवा भएको हो ।जसमा डम्बर विकको धादिङ, जीवन श्रेष्ठको सिरहा, राजन अधिकारीको सुनसरी रहेको छ ।
यस्तै एसपी धनबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा सरुवा गरेको छ ।