हटौंडाको प्लाष्टिक उद्योगमा करेन्ट लागेर एकको मृत्यु

गुगलपाटी संवाददाता हेटौंडा
२२ असार २०७६ ०७:४९

हेटौंडा ९ एचर्आडीमा प्लाष्टिक उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु भएको छ ।

हेटौंडाको औधोगिक क्षेत्रमा कामको शिलशिलामा करेन्ट लागेर चितवनको कालिका नगरपालिका जुटपानी बस्ने ३६ बर्षिय पञ्च कुमालको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका कुुमालको हेटौंडा अस्पतालमा उपचार गर्न ल्याउने बित्तीकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।