८५ किलो गाँजासहित मकवानपुरका एकजना पक्राउ

गुगलपाटी संवाददाता
२३ असार २०७६ ०९:१२

लाँगुऔषध गाँजासहित मकवानपुरका एकजना पक्राउ परेको छ । मकवानपुरबाट खटिएको प्रहरी टोलीले ८५ किलो ६ ग्राम अवैध लागूऔषध गाँजासहित मकवानपुरका मकवानपुर कैलाश गाउँपािलका–१ घर भई हाल चितवन इच्छाकामना गाउँपालिका–७ बस्ने ३० वर्षीय गणेश थापालाई पक्राउ गरेको हो ।

मकवानपुर प्रहरीले प्राप्त विशेष सुचनाको आधारमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ च ८५५६ नं.को कारलाई चेकजाच गर्ने क्रममा हेहौडा उपमहानगरपालिका–११, थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडक खण्डमा रोकी चेकजाँच गर्दा कारको पछाडी डिक्कीमा लुकाई छिपाई राखेको रातो प्लाष्टिकले बेरेको ६ वटा पोकामा राखेको उक्त गाँजासहित आज (सोमबार) बिहान पक्राउ गरेको हो ।
घटनाको विषयमा थप अनुसन्धान तथा कारबाही भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया