यसरी गर्जिए गगन हेटौंडामा

गुगलपाटी संवाददाता मकवानपुर,१७ बैशाख
१७ बैशाख २०७५ १२:३०

नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले काँग्रेसले अब काँग्रेस बनाउने समय आएको बताउनुभएको छ । हेटौँडामा सोमबार भएको नेपाली काँग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले काँग्रेस अव ५ वर्ष छाया सरकारको रुपमा रहनु पर्ने समेत बताउनु भयो । बर्तमान सरकारको खबरदारी गर्न आफूहरु तयार रहेको उहांको भनाइ छ । आगामी ५ वर्ष काग्रेशले संगठन बिस्तार र आफु भित्र भएका कमिकमजोरी सुधार गर्नमा नेपाली जनताले समय जुरुाईदिएको समेत उहाले बताउनु भयो ।

निर्वाचनमा काँग्रेसले धेरै सिट ल्याउन नसकेपनि मतको हिसाबमा धेरै पाएको बताउनु भयो । काग्रेस निर्बाचनमा पछि परेपनि देशलाई भने जोड्न सफल भएको सोत थापाले बताउनु भयो । उहाँले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टीभित्र आत्मियता कम भएकाले चुनाव चिन्हमा घात गर्ने काँग्रेससी प्रवृत्ति रहेको बताउनु भयो । आगामी ५ वर्षभित्र काँग्रेस पहिलो पार्टीका रुपमा स्थापित हुने दावी गर्दै थापाले अब काग्रेशले गाउँगाउँमा संगठन विस्तारमा जाने योजना बनाउनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले मुलुकलाई तिन तहको निर्बाचन गरेर काग्रेसले ऐतिहासिक जिम्मेवारी पुरा गरेको जिकिर गर्नुभयो । सम्मेलनमा प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङ, नेता उमा दाहाल,बकैया गाउपालीकाका अध्यक्ष दामोदर खनाल,पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, जयराम लामिछाने, नेविसंघका जिल्ला अध्यक्ष राजु खतिवडा, नगर अध्यक्ष आननदराम पराजुलि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।