इपिएस परीक्षा अन्तर्गत सिप तथा क्षमता परीक्षणको लागि आवेदन खुल्यो (परीक्षा सम्बन्धी विस्तृत विवरण)

गुगलपाटी संवाददाता काठमाडौं
२३ असार २०७६ १०:४३

इपिएस भाषा परीक्षाको नतिजा आइसकेको छ जसमा यो वर्ष १२ हजार ९ जना पास भएका छन्। तर यति हुनासाथ कामको लागि आवेदन दिन पाइने भने हैन। यो वर्ष देखि कोरिया जानको लागि भाषा सहित सिप परीक्षामा पनि पास हुनुपर्छ। अगिल्लो वर्षसम्म भाषा परीक्षा पास भएपछि विदेश जान पाउने व्यवस्थालाई इपिएसले यसवर्षबाट परिवर्तन गरेको छ।

कुन क्षेत्रमा कति जना जान पाउँछन्?

उत्पादनमुलक क्षेत्रमा पास भएका ९१३३ जना मध्ये ४७०० जना र कृषि तर्फ पास भएका २८७६ मध्ये २ हजार जना मात्र यो पटक जान पाउछन्।

कहिलेदेखि कहिलेसम्म छ फारम भर्ने म्याद?

जुलाई ५ देखि १४ सम्म फारम भर्न सकिन्छ।

के के कागजात चाहिन्छ?

  • आफू जान लागेकै काम पहिले पनि कोरियामा गरेको भए अनुभव सम्बन्धी प्रमाणपत्र
  • जुन कामको लागि जान चाहेको हो, त्यो सम्बन्धी ट्रेनिङ लिएको भए त्यसको प्रमाणपत्र
  • शैक्षिक प्रमाणपत्र
  • नागरिकता वा राहदानी

तर कुनै पनि प्रमाणपत्र झुटो वा नक्कली भएको पाएमा ३ वर्षसम्म कोरियामा काम गर्न जान साथै इपिएस परीक्षा दिनबाट प्रतिबन्ध लाग्छ।

परीक्षाको केन्द्र र मिति सम्बन्धी सूचना कहिले आउँछ?

परीक्षाको केन्द्र र मिति सम्बन्धी सूचना अगस्त १४ मा आउँछ।

परीक्षा कहिले हुन्छ?

परीक्षा अगस्त २१ देखि सेप्टेम्बर ४ सम्म हुन्छ।

कुन कुन क्षेत्र र उपक्षेत्र छान्न पाइन्छ?

  • उत्पादनमूलक (Manufacturing)
    • Assemble
    • Measures
    • Wood joinery
  • कृषि (Agriculture)
    • Agriculture
    • Livestock

 

परीक्षार्थीले ध्यान दिनुपर्ने कुराहरू:

  • परीक्षाको मिति र केन्द्र तोकिएपछि त्यो कुनै हालतमा पनि परिवर्तन हुँदैन
  • परीक्षा दिन आउँदा राहदानी पनि सँगै लिएर आउनुपर्छ
    • नभए परीक्षामा बस्न पाइन्न
  • उत्पादन र कृषि क्षेत्र अन्तर्गतको उप-क्षेत्र नछानेमा परीक्षा लिनेले नै कुनै एक छानिदिन्छ
  • सिप परीक्षणको समयमा आफ्नो सुरक्षाको आफै ध्यान राख्नुपर्छ
    • कुनै दुर्घटना भए परीक्षार्थी आफै जिम्मेवार हुनेछन्
  • परीक्षा केन्द्रमा राहदानी र प्रवेश पत्र बाहेक अरू कुनै पनि औजार वा उपकरण लिएर जानु पर्दैन
    • परीक्षामा चाहिने सम्पूर्ण उपकरण त्यही उपलब्ध हुन्छ
  • परीक्षा दिन आउँदा हलुका र सफा लुगा लाएर आउँदा परीक्षा दिन सजिलो हुन्छ
  • परीक्षामा चिट चोरेको पाइएमा शून्य नम्बर दिइन्छ
    • यस्तो भए त्यो व्यक्तिले ३ वर्षसम्म परीक्षा दिन पाउँदैनन

फारमको नमुना हेर्न यो लिङ्कमा जानुहोस्।

नोट: यो लेख इपिएस कोरिया शाखाको वेबसाइटमा भएको सूचनाको आधारमा तयार पारिएको हो।

वैदेशिक रोजगारी सम्बन्धी थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप यो लिङ्कबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8 वैदेशिक रोजगारीबारे जान्नुपर्ने धेरै कुराहरू यसैमा छन्। हाम्रो फेसबुक पेज हेर्नको लागि यो लिङ्क https://www.facebook.com/ShuvaGO/ मा जानुहोस्।