प्रदेश ३ मा २० दशमलव ९९ प्रतिशत मात्रै धान रोपाइँ

गुगलपाटी संवाददाता काठमाडौं
२४ असार २०७६ ०७:५१

प्रदेश ३ मा असार तेस्रो सातासम्म २० दशमलव ९९ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । जबकि गत वर्षको यो अवधिमा ४६ दशमलव ९३ प्रतिशत धान रोपाइँ सकिइसकेको थियो ।

प्रदेश ३ को धेरै धान फल्ने जिल्ला चितवनमा १० दशमलव ६६ प्रतिशत धान रोपाइँ भएको छ । अघिल्लो वर्ष यो अवधिमा चितवनमा ४० प्रतिशत धान रोपाइँ भइसकेको थियो ।

त्यस्तै सिन्धुली, काभ्रे, धादिङ लगायतका जिल्लामा पनि गत वर्षको तुलनामा कम मात्रामा रोपाइँ भएको छ ।