अबको चारदिनमा मनहरीमा डोजर चल्ने
गुगलपाटी संवाददाता हेटौंडामकवानपुरको मनहरी–पूर्व पश्चिम राजमार्गको मनहरी बजारमा अबको चार दिनपछि डोजर चल्ने डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकारी जयराम अधिकारीले बकताएका छन् ।
अबको चार दिनपछि घर टहरा हटाउने क्रममा मनहरी बजारमा डोजर आइपुग्ने अनुमान गरिएको अधिकारीले जानकारी दिए । मुख्य राजमार्गको २५ मिटर क्षेत्र बिस्तारका क्रमममा डिभिजन सडक कार्यालय हेटौँडाले मनहरीको लोथरबजारबाट घर टहराहरु हटाउन सुरु गरेको हो ।
बजार क्षेत्रको २५ मिटर हडपेर बनेका टहराहरु, हार्डवेयर पसलहरुले राखेका रड र भाँडाकुँडाहरु सबै हटाइने उनले बताए ।
‘हामीले हटाउनु अघि नै आफ्नो सामानहरु आफैले हटाउँदा सजिलो हुन्छ’, अधिकारीले भने–‘अन्यथा हामीले डोजर प्रयोग गरेर हटाउन बाध्य हुनेछौँ ।’